नेपालमै बन्यो पेट्रोल, एक लिटरले सय किमि माइलेज
दाङ । भारतले नाकाबन्दी दगाएपछि नेपालमा यतीबेला वैकल्पीक इन्धनको बहस चलिरहेको छ । यस बीचमा नेपालका युवा वैज्ञानीकहरुले विभिन्नखाले अध्ययन अनुसन्धानहरु गरिरहेका छन् ।
जंगलमा पाइने सल्लाको खोटोलाई प्रशोधन गरी सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परीक्षण गरिएको हो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा सो इन्धनले काम गर्ने रोकाले दाबी गरेका छन् ।
उनले मोटरसाइकलको पेट्रोल पाइपमा खोटोको इन्धनलाई जोडेर मोटसाइकलको सफल परिक्षण गरेका हुन् । बैज्ञानीक रोकाले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी खोटोको इन्धनबाट मोटरसाइकल चलाउन सकिने विधि आफूले तयार पारेको दाबी गरे । दाङका प्रहरी प्रमुख, एसपी कुबेर कडायतले उक्त खोटोको इन्धनबाट मोटरसाइकल चलाएका थिए ।
रोकाका अनुसार एक लिटर खोटोको इन्धनबाट मोटरसाइकलमा एक सय किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । खोटोलाई प्रशोधनका लागि बिभिन्न रासायनिक पदार्थहरु मिसाउनुपर्ने रोकाले बताए । उनले यसरी तयार पारिएको इन्धनको मुल्य जम्मा ७० रुपैयाँ मात्र पर्ने बताए ।
4 comments
Write Down Your Responses
October 18, 2015 at 10:17 AM
कुनै पनि नयाँ आबिस्काअर गर्नु राम्रो हो म उहाहरु लाई सलाम गर्छु । तर सल्ला को खोतो बाट कति दिन चल्छ ।तेसैले यो दिमाग अरुकुनै काम मा प्र्योग गराउनु पाये केइ हुन्थ्यो कि ।।
October 18, 2015 at 10:23 AM
कुनै पनि नयाँ आबिस्काअर गर्नु राम्रो हो म उहाहरु लाई सलाम गर्छु । तर सल्ला को खोतो बाट कति दिन चल्छ ।तेसैले यो दिमाग अरुकुनै काम मा प्र्योग गराउनु पाये केइ हुन्थ्यो कि ।।
October 20, 2015 at 6:06 AM
Yesma kun rasayan misainxa, banauna kati kharcha lagxa, ani hamikaha yesko thulo pariman ma utpadan hune kattiko sambhawana xa? Yi sabko bare pani jankari vaye huntnyo. Hamrai nepaliko yo aaviskarlai hamile nai protshahan garnuparxa. Ahile muluk ma yo prabidhi ko khancho kattiko xa ta sabailai thahai xa.
October 20, 2015 at 6:08 AM
project banayara start garda kasoo naholla taw.saphalta ko first step ho sanno vayani k vo raw lets start...and really good research