कुटनीतिज्ञ भन्छन्, ‘भारतले बनाएको दुरी चीनले पूरा गर्दैछ, थापाको भ्रमण फलदायी हुनेमा आशंका’
भारतीय पत्रिकार द हिन्दुसँग कुरा गर्दै नेपाली कूटनितिज्ञ तथा पूर्व मन्त्री रमेशनाथ पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध निकै बिग्रिसकेको उल्लेख गरेका छन् । रमेशनाथ पाण्डेका अनुसार नाकाबन्दीपछि नेपाली जनतामा भारतलाई लिएर एउटा दूरी देखिएको छ र त्यसलाई चीनले पुरा गर्दैछ ।
नेपालमा ढुवानीको अवरोध मात्रै नभएर नेपालीले भारतलाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउन समेत नाकाबन्दीले भूमिका खेलिसकेको छ । चीनले अब मनोवैज्ञानिक रुपमा नेपालीहरुमाझ आफ्नो प्रभाव बिस्तार गर्दैछ । पाण्डेका अनुसार अहिले नयाँ संविधानका पक्षधरहरुमाझ चिनियाँहरुप्रति भावनात्मक सम्बन्ध गहिरिदोँ छ ।
नेपालका कानूनविद् विपिन अधिकारी नाकाबन्दीपछि भारत र नेपालबीचको सम्बन्ध बिग्रिएको स्विकार्छन् । उनी पछिल्लो नाकाबन्दीपछि नेपाल र भारतबीचको दुरी गहिरिदोँ रहेको र चीन काठमाडौँसँग नजिक भएको बताउँछन् ।
चीनले नेपाललाई हेर्ने नजर सधैँ सम्मानजनक भएका कारण पनि नेपालीहरु चीनप्रति आशावदी रहेको उनी बताउँछन् । चीनले नेपालीहरुको सद्भाव जित्नकै लागि तातोपानी नाकालाई आफ्नोतर्फबाट निकै छिटोमात्रै खुलाएन, नेपालीलाई हर प्रकारको सहयोग गर्न तयार रहेको बताउँदै आएको छ ।
0 comments
Write Down Your Responses