तेल ल्याउन आपूर्ति सचिव खलनायक बन्दै प्रधानमन्त्रीलाई गलत परामर्श
काठमाडौं, कार्तिक ४,
एक महिनादेखि भारतले नाकाबन्दी लगाएपछि इन्धन अभाव हटाउन नेपाल आयल निगमले ग्लोबल टेण्डरमार्फत १५ दिनका लागि इन्धन आपूर्ति गर्न बनाएको योजनाको विपक्षमा वाणिज्य सचिव नै सक्रिय रहेको पाइएको छ ।
ग्लोबल टेण्डरमा मात्र हैन चीनबाट तेल ल्याउने प्रयासमा समेत ती सचिवले अबरोध सिर्जना गरी मुलुकमा तेल संकट बढाउने र भारत निर्भरताको औचित्य पुष्टि गर्ने प्रयासमा लागेको पाइएको छ । तेल आपूर्ति नगरिदिएपछि विकल्पको खोजीमा रहेको सरकारको बाटोमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय खलनायकका रुपमा उभिएका छन् ।
अन्नपूर्ण पास्टले छापेको समाचार अनुसार नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सचिव उपाध्यायले भारतबाहेक अर्को मुलुकबाट पेट्रोलियम ल्याउने सरकारी प्रयासलाई असफल पार्न सक्रिय रहेका छन् ।
भारतले तीन साताअघि नाकाबन्दी लगाएपछि सरकारले निजीक्षेत्रसँग सहकार्य गरी पेट्रोलियम ल्याउनका लागि गरेको टेण्डर आह्वानमा पेट्रोलियम ल्याउन इच्छुक केही कम्पनीले दिएको आवेदनको फाइल नै रोकिदिएर सचिव उपाध्यायले सरकारलाई अफ्ठेरोमा पारेका हुन् ।
नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम संकट टार्नका लागि निजी क्षेत्रलाई पनि पेट्रोलिय आयागत गर्न दिन गरिएको बोलपत्रमा केही कम्पनी छानिएका थिए । तर पेट्रोलियम ल्याउनका लागि सरकारले छानेका ती कम्पनीहरुको फाइलमा आयल निगम सञ्चालक समितिका अध्यक्ष उपाध्यायले हस्ताक्षर नगरिदिएका कारण पेट्रोलियम ल्याउने सरकारको वैकल्पिक प्रयास सफल हुन नसकेको हो ।
सचिव उपाध्यायले प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई नै गलत व्रिफिङ गरेर गुमराहमा राखेको सरकारको उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री र आपूर्ति मन्त्रीले वैकल्पिक उपायबाट पेट्रोलियम ल्याउन कानुन संशोधन गर्न तयार रहेको बताइरहे पनि सचिव उपाध्यायले उल्टो सल्लाह दिएर सरकारी प्रयासमा खलनायक बन्ने काम गरिरहेको समाचार स्रोतको दावी छ ।
सचिव उपाध्यायले आयल निगमका केही उच्च पदस्थ व्यक्तिहरुको मिलेमतोमा वैकल्पिक आपूर्ति प्रक्रियामै अवरोध गरिरहेका छन् ।
सरकारले भारतबाहेक तेस्रो मुलुकबाट पेट्रोलियम आयात गर्न निजी क्षेत्रलाई जिम्मेवारी दिन गरेको निर्णय सचिव उपाध्यायकै शंकास्पद भूमिका कारण अलपत्र परेको छ ।
आपूर्ति सचिव उपाध्यायले चीनबाट तेल ल्याउने आयल निगमको प्रयास र अन्य काममा समेत पूरै असहयोग गर्दै आएका छन् । आपूर्ति मन्त्रालयकै कर्मचारीलाई पनि पेट्रोलियमको वैकल्पिक आयातको फाइल अघि बढाउन नदिन उपाध्यायले निर्देशन नै दिएका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.