म एन्टी नेपाल हुनसक्छु, तर एन्टी भारत हुन सक्दिनँः डा. सुन्दरमणि दिक्षित
शुक्रबार, आश्विन १५,
वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले भारतको नाकाबन्दी घोषित भएको दाबी गरेका छन । उनले तराईका नाकाबन्दी हुनुमा ठूला राजनीतिक दलको नेतृत्व दोषी रहेको आरोप समेत लगाए । उनले भने ‘जबर्जस्त रुपमा संविधान जारी गरेपछि मधेसका नेताहरुले अधिकारका लागि नाकाबन्दी गरेका हुन् ।’

नाकाबन्दी हुनुमा भारतीयभन्दा नेपाली नेताहरु जिम्मेवार रहेको बताउँदै चिकित्सक दिक्षितले अगाडि भने ‘यो विषयमा म एन्टी नेपाल हुन सक्छु, तर एन्टी भारत हुन सक्दिनँ ।’ भारतको अघोषित नाकाबन्दीले नेपालको स्वास्थ्य क्षेत्रमा पनि प्रभाव पर्दै गएकोमा औषधि व्यवसायी र चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल औषधी व्यवसायी संघका महासचिव हरि बिडारीले आफूहरुसँग अब तीन महिनासम्म मात्र पुग्ने औषधि रहेको बताए । ‘तीन महिनाका लागि पुग्ने औषधि गोदममा छ, तर यातायातको अभावमा सम्बन्धित स्थानसम्म पु¥याउन सकेको छैन’ महासचिव बिडारीले बताए । उनले भने ‘अभाव भएको ठाउँबाट जानकारी आएमा औषधि पु¥याउने छौं ।’

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ र नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघको संयुक्त आयोजनामा संवाद डबलीमा भएको अन्तरक्रिया कार्यक्रमा बोल्दै स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखाका निर्देशक डा. रमेश खरेलले नाकाबन्दीका कारण निकट भविष्यमै देशभित्र अत्यावश्यक औषधिको संकट पर्ने बताए । उनले भने ‘नाकाबन्दी मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेकाले राजनीतिक दलहरुले राजनीतिक तवरबाट समस्या सुल्झाउनु पर्ने बताए ।

त्यस्तै भेटेनरीविज्ञ डा. हर्षरत्न शाक्यले भारतले गरेको अघोषित नाकाबन्दीप्रति आपत्ति जनाउँदै विखण्डनकारीको साथ लिएर भइरहेको नाकाबन्दीले पशुपंक्षी व्यवसायीमाथि ठूलो मार परेको बताए । भने ‘नाकाबन्दीलाई आन्तरिक रुपबाटै सहयोग पु¥याउने काम भइरहेकोले नाका खुलाउन पहल राज्यले नै गर्नुपर्छ ।’

एनएमएसआरएका अध्यक्ष जितेन्द्र वैद्यले भारतीय पक्षबाट भएको नाकाबन्दीपछि देशमा औषधि अभाव हुन नदिन राज्यले बेलामै ध्यान दिनुपर्ने औल्याए ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलले गोली चलाएर संविधान जारी गर्न सक्ने सरकार विषम परिस्थितिमा मौन बस्नुले सरकार नाकाबन्दीको पक्षमा रहेको स्पष्ट भएको बताए । नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले नाकाबन्दी समस्यालाई कुटनीतिक पहलबाट टुंग्याउन आवश्यक रहेको बताए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.