भारत पाकिस्तानमा ठुलो रक्तपात मचाउने योजनामा
इस्लामावाद, २ कात्तिक– भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ (रअ) ले आफ्ना कार्यकर्तालाई पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र जमत्तुड दावाका प्रमुख हफिज मुहम्मद सइिदलाई हत्या गर्न अनुरोध गरेको पाकिस्तानी गुप्तचर एजेन्सीहरूले दाबी गरेका छन् ।

रअले पाकिस्तानमा रक्तपात मच्चाउन खोजेको दाबी आइतबार पाकिस्तानी गुप्तचर संस्थाहरूले गरेका हुन् । पूर्वप्रधानमन्त्री सरिफलाई हत्याको धम्की आएसँगै पाकिस्तानमा कडा सुरक्षा सर्तकता अपनाइएको समाचारमा जनाइएको छ ।
‘पाकिस्तानमा ठूलो अशान्ति मच्चाउन भारतको गुप्तचरी संस्थाले उच्च व्यक्तित्वको हत्या गर्ने योजना बुनिसकेको छ,’ पन्जाबको गृह मन्त्रालयले जारी गरेको पत्रमा उल्लेख छ।
‘लस्कर आई झाम्वी र तेहरिक आई तालिबान पाकिस्तानजस्ता अतिवादी समूहहरूको आतंककारी गतिविधिलाई तीव्र पारिरहेकै बेला रअका अधिकारीहरूले पाकिस्तानमा ठूलो हत्या गर्ने षड्यन्त्र बुनिरहेका छन्,’ मन्त्रालयद्वारा जारी सर्कुलरमा भनिएको छ ।
राजधानी दैनिकबाट


0 comments

Write Down Your Responses

Powered by Blogger.