राष्ट्रपति बन्दैछन् महन्थ ठाकुर ! मधेस आन्दोलन तुहिने सम्भावना
काठमाडाैं । कांग्रेसका शीर्ष तीन नेताले राष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारी दिने अवस्था नदेखिएपछि पार्टीभित्रै वा बाहिरबाट उसले राष्ट्रपतिको उम्मेदवार उठाउने चर्चा छ ।
कांग्रेस सभापति सुशील कोइराला पुनः पार्टी सभापति बन्न चाहेको, वरिष्ठ नेता शेरबहादुर देउवाले पनि १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन चाहेको र उपसभापति रामचन्द्र पौडेलले अझै सक्रिय राजनीति गर्न चाहेका छन् । सोही कारण शीर्ष तीन नेताले पार्टीभित्रैबाट अरूलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थालेका छन् ।
कांग्रेसले अहिलेकै राष्ट्रपति डा. रामवरण यादवलाई पुनस् अगाडि बढाउनेदेखि मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गर्न तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि लगाउनेसमेत चर्चा छ । कांग्रेसले सहमति भए जनजातिबाट केबी गुरुङ र दलित समुदायबाट मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्नेछ । ‘मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गराउनदेखि तराई–मधेसमा कांग्रेसको जनाधारलाई कायम राख्न कांग्रेसले महन्थ ठाकुरलाई अघि लगाउने विषयले पनि चर्चा पाएको छ,’ कांग्रेस एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, सभामुखमा कांग्रेसले सघायो भन्दैमा एमाले र एमाओवादीले कांग्रेसले अघि सारेको उम्मेदवारलाई भोट हाल्छन् र जिताउँछन् भन्ने छैन ।’
एमालेले राष्ट्रपतिमा आफ्नै दाबी गरिरहेकाले कांग्रेसको यो प्रयासले सार्थक रूप पाउन सक्नेमा ती नेता नै विश्वस्त छैनन् । मधेसका सर्वमान्य नेता, पूर्व कांग्रेस नेता भएको र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई भोट हाले पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसमेतले ठाकुरको नाममा समर्थन गर्न सक्ने कांग्रेस बुझाइ छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
-स्वास्थ्यसम्बन्धी वेबसाइटहरूको सहयोगमा




0 comments
Write Down Your Responses