परराष्ट्रमन्त्री थापालाई भारतीय विदेश सचिव जयशंकरले यसरी थर्काए
काठमाडौं, २ कात्तिक । नयाँ संविधान कहिले संशोधन हुन्छ ? १० या १५ दिनभित्रमा ? उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भारतीय विदेश सचिव एस जयशंकरले ठाडै प्रश्न गरे ।
जवाफमा थापाले भने, आन्दोलनरत मधेस केन्द्रित दललाई संवादमा ल्याउन गम्भीर प्रयास भइरहेको छ । प्रधानमन्त्री आफैँले पनि अग्रसरता लिइरहनुभएको छ ।
थापाले नाकाबन्दी शब्द उच्चारण नगरी भारतीय नाकाबाट मालबाहक ट्रक र पेट्रोल बोकेका ट्यांकर नेपाल भित्रिन अवरोध हुदाँ चाडपर्वको मुखमा नेपालले गहिरो संकट बेहोरिरहेको भन्दै ध्यानाकर्षण पनि गराए । अन्नपूर्ण पाेस्टमा समाचार छ ।




0 comments
Write Down Your Responses