यस देशमा मान्छेलाई मान्छेको मासु खुवाइन्छ
एजेन्सी– अफ्रिकी यूनियन कमिसनको एक रिपोर्टअनुसार गृहयुद्धको मार खेपीरहेको अफ्रिकी देश सुडानमा मान्छेलाई मान्छेको मासु खाने र रगत पिउनका लागि बाध्य बनाइरेको खबर छ । जानकारी रहोस्, यस गृहयुद्धमा अहिलेसम्म हजारौँ मानिस मारिए र बिस लाखभन्दा बढी घरबारबिहिन भएका छन् ।

अफ्रिकी देश सूडानमा डिंका समुदायको नेतृत्वको सरकार छ र यहाँ सरकार र नेउर समुदायबिच जातीय संघर्ष चलिरहेको छ । उक्त हिंस्रक संघर्षको प्रतिफल त्यहाका स्थानिय बासिन्दाले भोगिरहेका छन् । एक अंग्रेजी अखबारका अनुसार युद्धको समयमा दुवै पक्षबाट हिंस्रक गतिविधिहरु सामुहिक बलात्कार, हिंसा, दुःख दिने काम भएका थिए ।
युद्ध बढ्दै जाँदा दुवै पक्षबाट यस्ता कठोर र हिंस्रक गतिविधी बढ्दै गएको हो । यतिमात्र होइन, युद्धको अवधिमा मारिएका मान्छेबाट बगिरहेको रगतलाई जिउँदो मान्छेहरुलाई पिउनु र मासु खान बाध्य पारियो ।
रिपोर्टमा भनिएअनुसार, यहाँ बाल–बालिकाहरुलाई आतंकित बनाइरहको छ । सामुहिक बलात्कारजस्ता हिंस्रक घटनाहरुले त्यहाका आम मानिसको जीवन नराम्ररी तहस–नहस परेको छ । यद्यपी, सरकार र विद्रोही पक्षकाबीचमा धेरै पटक वार्ता भइसकेको भए पनि हालसम्म सम्झौता हुन सकेको छैन ।


0 comments

Write Down Your Responses

Powered by Blogger.