मधेसी मोर्चाका कार्यकर्ताद्वारा युवकको कुटेरै हत्या
‘भाइ निस्केको २ घण्टापछि कुटपिट गरी भाइलाई खेतमा फालेको फोनमा जानकारी आयो,’ नारायणी अस्पतालको शवगृहअगाडि भेटिएका उनले भने, ‘घटनास्थल पुग्दा धान खेतमा भाइ लडिरहेको थियो, श्वास बन्द थियो ।’ हत्यालाई दुर्घटना बनाउने प्रयास गरिएको आफन्तले बताएका छन् ।
गाउँले बिहान शौचका लागि उक्त क्षेत्रमा पुग्दा शव देखेर हल्ला गरेका थिए । उक्त चोकमा केही दिनयता इन्धन तस्करी रोक्न मधेसी मोर्चाका नेताले जगनाथपुर मनियारीका कार्यकर्ता खटाएका थिए । सम्बद्ध स्रोतका अनुसार रामनिवेशसँगै बिहान अन्य दुइवटा मोटरसाइकल चालक पनि त्यही बाटो भएर उत्तरतर्फ जादैँ गरेका थिए ।
‘आन्दोलनकारीले रोक्न खोज्दा २ वटा मोटरसाइकल उम्के,’ एक प्रदर्शनकारीले भने,‘पछाडि रहेको मोटरसाइकल फन्दामा पर्यो ।’ ना१६प ११२८ नम्बरको मोटरसाइकलमा सवार रामविनेशले ट्यांकीको पेट्रोल खन्याउन नमान्दा आन्दोलनकारीले कुटेका थिए । कान्तिपुर
0 comments
Write Down Your Responses