नाकाबन्दी विरुद्ध भारतमै नेपालीहरुले कडा बोलेपछि कार्यक्रममै तनाव !
नाकाबन्दी विरुद्ध अभिब्यक्ति दिनेलाई भारत नबोलाउ- भाजपा महासचिव

११ कात्तिक, काठमाडौं ।
भारतको इन्दौरमा आयोजित एक अन्तराष्ट्रिय कार्यक्रममा नेपाली बक्ताहरुले नेपालमाथि नाकाबन्दी गर्ने भारतको चर्को आलोचना गरेपछि यसलाई भारतीय सञ्चार माध्यमले हेडलाइन समाचार बनाएका छन् ।

एक अन्तराष्ट्रिय धार्मिक सम्मेलनमा बोल्दै लुम्बिनी बुद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेशमान बज्राचार्यले भारतीय नाकाबन्दीले नेपालमा भारतप्रति तिव्र विरोधी भावना पैदा भएको बताएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

समाचारमा जनाइए अनुसार बक्ताहरुले नेपालमा भारतीय नाकाबन्दीले कर्फ्यू लगाएको जस्तो अवस्था पैदा भएको र यो अत्यन्तै अमानवीय तथा अनैतिक भएको भन्दै भारतीय कदमको आलोचना गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अव नेपाल भ्रमणमा जाँदा पहिलेको जस्तो स्वागत नभएर उल्टो घृणा पाउने समेत बक्ताहरुले बताएका थिए ।

लण्डनमा बस्ने बौद्ध भिक्षु डा सुमना सिरीले भारतीय नाकाबन्दी नैतिकताहिन र गलत भएको बताएको समाचारमा उल्लेख छ ।

उनको अभिब्यक्तिप्रति आपत्ति जनाउँदै मञ्चमा रहेका भारतीय जनता पार्टीका महासचिव राम माधवले सिरीको भनाइ गलत रहेको र उनी जस्ता ब्यक्तिलाई भारतमा बोलाउन नहुने सम्म बताएका थिए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.