मधेसी नेताकै जिल्लामा बन्दको प्रतिकार
सर्लाही सदरमुकाम मलंगवामा मधेसी मोर्चाका कार्यकर्ता र स्थानीयवासीबीच झडप भएको छ । ७३ दिनदेखिको लगातारको बन्दले आजित भएका स्थानीयवासीले आइतबार दिउँसो बन्दको प्रतिकार गरेपछि झडप भएको हो ।
झडपमा परी मलंगवा–२ का राघव राय र नन्दुर राय घाइते भएका छन् । प्रहरीका अनुसार घाइते राघवको अवस्था गम्भीर छ । उनको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ। नन्दुको भने टाउकोमा चोट लागेको छ ।
राजेन्द्र महतो, महेन्द्र राय यादव, महन्थ ठाकुर र अमरेशकुमार सिंहको गृहजिल्ला पनि हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses