गृहमन्त्री बस्नेतले कटाए आफ्नै सुविधा, अगुवापछुवा गाडी नहुने
नेपालका ठुला नेता तथा ओहदाको व्यक्तिले देशको सुरक्षा शक्तिलाई घरयासी काममा समेत लगाएर दूरुपयोग गरिरहेका बेला गृहमन्त्री बस्नेतले भने गृहमन्त्रीका लागी यसअघि भएको सुविधा अन्तर्गत अगुवा÷पछुवा सुरक्षाकर्मी तथा गाडीलाई दशैंपछाडी कार्यालय खुलेकै दिनबाट हटाएका छन् । उनले गरेको निर्णयअनुसार अब अन्य मन्त्रीहरुकै जस्तै उनको पनि मन्त्रीले प्रयोग गर्ने गाडीमात्रै सडकमा गुडेको देख्न सकिने छ ।
यसअघि गृहमन्त्रीका लागी प्रधानमन्त्री पछि सबैभन्दा धेरै सुरक्षा व्यवस्था हुन्थ्यो । अगुवा एक र पछुवा एक गरी दुई गाडीमा सुरक्षा व्यवस्था गरिने चलन थियो ।
आइतबार तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई डाकेर उनले यस्तो निर्देशन दिएका हुन् । अहिले पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहले समेत पछुवा सूरक्षाकर्मीको गाडी लिने गरेका छन् । बस्नेतको यो निर्णयले पूर्व गृहमन्त्रीहरुलाई नैतिक संकटमा हाल्ने देखिन्छ ।
यसअघि समाचारहरुमा नेपाल प्रहरी तथा सेनाका जवानहरुलाई हाकिम तथा उच्च पदस्थ कर्मचारीले घरयासी काममा लगाउनका साथै श्रीमतिका फरियासम्म धुन लगाएका घटनाहरु सार्वजनिक भएका थिए । यस्तो अवस्थामा बस्नेतको यो निर्णयले यि सबै ज्यादती तथा दुरुपयोगहरुलाई रोक्ने संकेत गरेको छ ।
स्मरण रहोस् बस्नेतमाथि पहिलो संविधानसभाको निर्बाचन लगत्तै तात्कालिन प्रधानमन्त्री प्रचण्डको स्वकिय सचिव रहँदा उनी बस्ने डेरामा उनिमाथि गोली प्रहार भएको थियो । उनको गोडामा गाेली लागेपश्चात बिएनबि अस्पतालमा उपचार भएको थियो ।
0 comments
Write Down Your Responses