नाकाबन्दी खोल्न नेपालले दिल्लीसँग हात जोड्नुपर्ने ६ कारण
gकाठमाडौं । सार्वजनिक रूपमा जे भनिए पनि यो भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी नै हो, जसको समाधान दिल्लीसँग समझदारी कायम नगरी सम्भव छैन । आपूर्ति अवरोध रक्सौलबाहेकको नाकामा छैन ।
तर, आइओसीका पदाधिकारीले नेपाली ट्यांकरमा तेल भरेर पठाउन मानेका छैनन् । दिल्लीले संकेत नदिएसम्म यो अवस्था सहज हुँदैन । रक्सौललगायत केही सीमानाकामा नगन्य मानिस धर्नामा बसेका छन् । भारतीय भूमिबाट नेपालतर्फ पेट्रोल बम हानिएको छ, दशगजामा धर्ना दिइएको छ । भारतीय सुरक्षा फौजले साथ नदिने हो भने अवरोध हट्न दश मिनेटभन्दा धेरै लाग्दैन ।
त्यसका लागि दिल्लीको सहयोग अपरिहार्य हुन्छ । संविधान संशोधनलगायतका विषयमा पनि नयाँदिल्लीको खास चाहना के हो ? त्यसलाई बुझ्ने र नेपालले आफ्नो सीमारेखा स्पष्ट गर्ने समय यही हो भन्ने सरकारको बुझाइ छ । त्यसका लागि दिल्लीमा खुलस्त वार्ता गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses