भन्सार नाकामा प्रहरीमाथि बम हान्ने उपेन्द्र यादवका दुई केन्द्रीय सदस्य पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार आइतबार राति धर्नास्थलबाट हटाउन खोज्दा प्रहरीलाई उल्टै पेट्रोल बम प्रहार गरेपछि समाजवादी फोरमका केन्द्रीय सदस्य रामविलास यादव र भुराज राईलाई नियन्त्रणमा लिइएको हो ।
धर्नामा बसेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले तीन सेल अश्रृग्याससमेत प्रहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि चारसयभन्दा बढी सवारी साधन गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
0 comments
Write Down Your Responses