एमाओवादी दाउः राष्ट्रपति र मालदार मन्त्रालय खाउँ
चार दलका शीर्ष नेताबीचको भद्र सहमति र संविधान जारी गराउन खेलेको भूमिका नेतृत्वदायी भूमिकाका कारण केपी ओलीलाई नै प्रधानमन्त्री बनाउन चाहिरहेका एमाओवादी अध्यक्ष प्रचण्ड पार्टीभित्रै तीब्र दबाबमा परेका छन् । प्रचण्डमाथि कांग्रेससँग मिलेर राष्ट्रपति र रोजेको मन्त्रालय सहित सरकारमा जान दबाब परिरहेको छ । प्रचण्ड, नारायणकाजी, नन्द किशोर पुन लगायतका नेताहरू राजनीतिमा बचनको पक्का हुनुपर्ने भन्दै एमालेसँग मिलेर जानुपर्ने पक्षमा छन् । तर, बहुमत हिस्सा कांग्रेससँग जानुपर्ने पक्षमा छ ।
प्रचण्डले उनीहरूलाई जवाफ दिएका छन्, ‘अहिले संविधान संशोधन गर्नुपर्ने छ । त्यसका लागि कांग्रेस एमाले नमिली हुँदैन । संविधान कार्यान्वयन र कानुन निर्माणका लागि पनि सहमतीय सरकार आवश्यक भएकाले हामीले तीन दल मिलेरै जाने भन्नुपर्छ । यदी कांग्रेस र एमालेमध्ये एक प्रतिपक्षमा रहने अवस्थामा हामीले त्यो बेला आफ्नो फाइदा हेर्ने कुरा आउँछ। समाचार आजको साँघु साप्ताहिकमा छ ।
0 comments
Write Down Your Responses