'हतियार बोकेर हिड्नेलाई सुट आउट गरिन्छ'
गुन्डागर्दी निमुर्ल पार्न काठमाडौं प्रहरी परिसरले थ्रि एसको रणनीति सार्वजनिक गरेको छ ।
परिसरले आज टेकुमा पत्रकार सम्मेलन गरी थ्रि एसको रणनीति सार्वजनिक गरेको हो । जस अन्तर्गत पहिलो चरणमा स्वीप, दोस्रोमा स्क्रेनिङ र तेस्रोमा सुट आउट रहेको छ । पहिलो चरणमा गुन्डागर्दी बर्ढाने, दोस्रो चरणमा संझाउने अनि मानेन भने तेस्रो चरणमा सुट आउट गर्ने रणनीति ल्याएको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।
हतियारको आडमा अपराध गर्दै हिड्नेलाई नमस्कार गर्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले त्यस्तालाई सुट आउट गरिने बताए । जनतालाइ बन्दुक देखाएर तेर्साउनेहलाइ प्रहरीले धुप बालेर पुजा नगर्ने उनकाे भनाइ छ ।
आफूले कुनैपनि राजनीतिक दबाब नसहने पनि उनले बताए । संगठित अपराध निस्तेज पार्न बी डब्लु पी पोलिसिङ पनि ल्याएको उनले बताए ।
ब्रोकन उडन्डोज थेउरी पोलिसिङ अन्र्तगत अपराध र अपराधिको कोपिला नै निमोठ्ने एसएसपी थापाले बताए । उदासिनता, अश्लिल शब्दको प्रयोग, शारिरिक याताना, भष्टाचार र अपहेलना अब प्रहरीबाट नहुने पनि उनले बताए । स्वच्छ, चुस्त र तुरुन्तै सेवा गर्न प्रहरी सदैव तयार रहेको उनले बताए ।
'गुन्डा भन्ने शब्द कसैको डिस्नरीमा छैन्,' एसएसपी थापाले भने 'कसैकोमा छ भने च्यातेर फालिदिन्छु ।'
लागू औषध दुब्र्यसनीको मुख्य जड सुर्ती र सुर्तीजन्य पदार्थ भएको भन्दै उनले पहिलो चरणमा अव प्रहरीले काउन्सेलिङ गर्ने बताए । त्यसपछि पनि नमाने कानुनी दायरामा ल्याउने उनको योजना छ ।
काठमाडौं सहर विश्वमै चिनाउन दरबारमार्ग क्षेत्र २४ सै घन्टा खुलाउन लागिएको उनले बताए । त्यस विषयमा कार्यदल गठन भइसकेको र परीक्षण भइरहेको उनले बताए ।
प्रकाश ढुंगाना
setopati बाट
0 comments
Write Down Your Responses