मोदीलाई भोट माग्न गएका अजय देवगनमाथि चप्पल प्रहार

एजेन्सी, मुम्बई, असोज २३
बिहारमा हुँदै गरेको चुनावका लागि बलिउड अभिनेता अजय देवगन भोट माग्न गएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाका उमेदवारलाई भोट माग्नका लागि उनले ‘रोड सो’ गर्ने कार्यक्रम थियो । बिहारको लखिसराय पुग्दा भीडले एक्कासी देवगनलाई घे¥यो ।

भीड हटाउन प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो । त्यही भीडबाट एक्कासी कसैले अजय देवगनलाई लक्षित गर्दै चप्पल प्रहार गरेको एबिपिले जनाएको छ । त्यसपछि भीडलाई हटाउन प्रहरीले लाठीसमेत प्रहार गर्नुपरेको थियो । भीड अचाक्ली भएपछि अजयले रोड सो गर्न पनि पाएनन् । उनी हेलिकप्टर चढेर फर्किहाले ।

 लखिसराय जानुअघि देवगन बिहारको जमुई भन्ने ठाउँमा पनि रोड सोका लागि पुगेका थिए । प्रचारकै दौरानमा शिशवा भन्ने गाउँ पुग्नै लाग्दा उनको समुहमाथि हमला भएको थियो । त्यसपछि जनता दल युनाइटेड र भाजपाका कार्यकर्ताबीच झडप भएको थियो । त्यसबेला पनि अजयको रोड सो स्थगित भएको थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.