रामवरण र ‘रअ’ छिरेपछि कांग्रेसको सत्यनाश
अन्ततः भारतीय खुफिया एजेन्सीको एजेन्टको रुपमा कांग्रेस सभापति सुशील कोइारालाको बहिर्गमन अत्यन्त शर्मनाक रुपमा भएको छ । कांग्रेसका अधिकांश नेता कार्यकर्ताहरुले कुनै पनि हालतमा उम्मेदवारी दिनु हुँदैन भन्दा भन्दै कोइराला किन खडा भए ? कसैले पनि यसको जवाफ भेटेको छैन । कांग्रेस नेताहरु मोबाइल स्वीच अफ गरेर बसेका छन् । कार्यकर्ताहरु मुख देखाउन नसक्ने भइयो भन्दै रुवाबासी गरेर हिंडेका छन् ।
आन्दोलनमा सक्रिय भएका मधेसी दललाई पनि भारतले कोइारालाको पक्षमा मतदान गर्न लगाएपछि नाकाबन्दी र आन्दोलनको पटाक्षेप भएको छ । कोइारलालाई जिताउन र ओलीलाई हराउन नसक्ने भएपछि मधेसी दलहरु भोट नहाल्ने मनस्थितिमा पुगे पनि भारतीय राजदुत रन्जित रे र रअका पूर्व प्रमुख माथुरको निर्देशनपछि उनीहरु मतदानमा सहभागी हुन बाध्य भएन ।
कोइरालाको उम्मेदवारीप्रति कांग्रेस सभासद् र बरिष्ठ नेताहरु नै आश्चर्यचकित भइरकेका बेलो पदीय मर्यादा भुल्दै राष्ट्रपति डा. रामवरण यादव असोज २२ गते राती प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतको दाबी छ । रअ, राष्ट्रपतिको छलफलपछि कोइरालालाई जसरी पनि उठाएर ओलीलाई हराउने सहमति भएको हो ।
अाजकाे साँघु साप्ताहिकमा खबर छ ।
0 comments
Write Down Your Responses