केपी ओली प्रधानमन्त्री भएपछि भारतीय राजदुत राय र माथुर कारवाहीमा
नेपालको संविधानमा भारतको राजनीतिक अभिष्ट पुरा गराउन नसकेको अभियोगमा नेपाल स्थित भारतीय राजदुत रंजित राय कारवाहीका परेका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएलगतै ‘कुटनीतिक असफलता’ भन्दै राजदुत राय र भारतीय जासुसी संस्था ‘र’ का पूर्वप्रमुख माथुर कारवाहीमा परेका छन् ।  
काठमाडौं, २५ असोज । नेपालको संविधानमा भारतको राजनीतिक अभिष्ट पुरा गराउन नसकेको अभियोगमा नेपाल स्थित भारतीय राजदुत रंजित राय कारवाहीका परेका छन् ।
भारतले अप्रत्यक्षरुपमा मिडिया मार्फत राखेका ७ बुँदे प्रस्तावलाई पुरा गराउन नसकेको, नेपालमा भारतप्रति बढ्दै गएको आक्रोस कम गर्न नसकेको, भारतप्रति सकारात्मक दृष्टीकोण राख्ने राजनीतिक पार्टीलाई सफल बनाउन नसकेको ठहर गर्दै राजदुत रायलाई भारतले विभागिय कारवाही गर्ने भएको छ ।
कारवाही स्वरुप राजदुत रायलाई फिर्ता बोलाउने निर्णय भारतले गरेको स्रोतले बताएको छ । आन्दोलनमा रहेका मधेसबादी दलहरुका माग सम्बोधन गराउन राजदुत रायले धेरै प्रयास गरेका थिए । त्यसैगरी पछिल्लो पटक प्रमुख तीन दलको गठबन्धनलाई तोड्न सफल भएपनि भारत पक्षधरलाई जिताउन नसकेपछि राय कारवाहीमा परेका हुन् ।
प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओली निर्वाचित भएपछि भारतको विदेश मन्त्रालयले आफ्नो कुटनीतिक प्रयास असफल भएको ठहर गरेको छ । असफल कुटनीतिक प्रयास गरेको भन्दै राय लगाएत भारतीय जासुसी संस्था ‘र’ का पूर्व प्रमुख अबदेश विहारी माथुरलाई पनि कारवाही हुन सक्ने आशंका गरिएको छ ।
३ असोजमा संविधान जारी भएलगतै नेपाल आएका माथुर अझै नेपालमै छन् । दिनरात प्रयास गरेर तीन दलिय गठबन्धनबाट नेपाली कांग्रेसलाई अगल गराएपनि सफलता पाउन सकेनन् । कांग्रेसलाई तीन दलको गठबन्धनबाट अलग गराएपछि कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले पार्टीभित्र पश्चिमी बायुको प्रभाव परेको भन्दै पदबाट राजीनामा समेत दिएका थिए ।
राजदुत राय ओली निवासमा
नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय राजदुत राय ओली निवास बालकोट पुगेका छन् । सोमबार विहान ओलीलाई बधाई दिन र भारत भ्रमणको औपचारिक निम्तो राजदुत रे ओली निवास पुगेका हुन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.