केपीओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको प्रस्ताव
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तीन दलीय सहमतिअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ सरकारको नेतृत्व दिन प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान भएको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको बैठकमा दाहालले प्रधानमन्त्रीमा ओलीको नाम प्रस्ताव गरेका हुन् । संविधानसभाबाट संविधान जारी गर्नुभन्दा कार्यन्वयन गर्नु चुनौतीपूर्ण रहेको जनाउँदैं दाहालले तीन दलीय बैठकमा भने, ‘संविधान बनाउनका लागि मात्र भनेर हाम्रो सहमति भएको होइन, यसको कार्यान्वयन पनि सँगै मिलेर गर्ने हो ।’
विभिन्न शक्ति केन्द्र प्रमुख दलका शीर्ष नेतालाई प्रधानमन्त्री बाँड्दै हिडेको बताउँदैं दाहालले उनीहरुको आश्वासनमा विगतको सहमति लत्याउन नहुने पनि तर्क गरे । ‘हामीलाई विभिन्न शक्तिले प्रधानमन्त्री कसलाई बनाउने भनेर प्रस्ताव गर्दै हिडेका छन्,’ दाहालललाई उदृत गर्दै बैठकमा सहभागी एक एमाले नेताले भने, ‘पूर्वसहमतिअनुसार ओलीजीलाई प्रधानमन्त्री बनाऊ ।’
तर, एमाओवादी अध्यक्ष दाहालको प्रस्तावमा कांग्रेसका नेता केही नबोलेको स्रोतले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस




0 comments
Write Down Your Responses