राजेन्द्र महतोको दानापानी बन्द गर्ने चेतावनी
शुक्रबार, आश्विन १५,
मधेस केन्द्रित दलका नेताहरु भारतीय सीमा नाकामा धर्ना बसेर आफ्नै देशमा नाकाबन्दी गर्न भारतलाई अनुरोध गरिरहेको बेला भारतलाई नाकाबन्दी गर्न उक्साएको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको दानापानी बन्द गराउने चेतावनी नेपाल ट्रिपर तथा ट्रक व्यवसायीहरुले दिएका छन ।

भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउन माग गर्दै व्यवसायीहरुले शुक्रबार १ घण्टा बिरोध ¥याली गरेका छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति ढुंगेअड्डाबाट नेपाली झण्डासहित शुरु भएको ¥याली कलंकी चोक हुँदै पुन ढुंगेअड्डातर्फ आएर समापन गरिएको थियो ।

¥यालीको समापन गर्दै ट्रिपर तथा ट्रक व्यवसायीहरुले मधेसी नेताको पगरी गुथ्ने राजेन्द्र महतो लगायतका केहि दलाली गर्ने नेताहरुले मधेसी जनतामा भ्रम फैलाएर नेपालमा अघोषित नाकाबन्दी गराउन भारतलाई उक्साएको आरोप लगाएका छन् । ¥यालीको समापनमा बोल्दैै नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष कृष्णप्रसाद पन्तले नेपालको आन्तरिक मामलामा भारतको हस्तक्षेप नसहने बताए ।

अहिलेका प्रमुख राजनीतिक दलका नेताहरुले भारतसामु घुँडा नटेकी संबिधान जारी गरेकोमा धन्यवाद दिदै उनले मधेसी नेता राजेन्द्र महतोको दानापानी बन्द गराईदिने चेतावनी दिए । उनले भने,“काठमाडौमा दानापानी बन्द गरिदिने भन्ने नेता राजेन्द्र महतोलाई दोस्रो संबिधानसभा चुनावमा मधेसी जनताले हराएर केहि दानापानी कटौती गरिदिएसके । अब नेपाली जनताको दानापानी तपाईले रोक्का गर्ने होईन, अझैपनि तपाईहरु मधेसी जनता र नेपाली बिरुद्ध तपाई लागिरहनुभयो भने तपाईको दानापानी छिट्टै अन्त्य हुनेछ ।”

यस्तै समितिका प्रमुख सल्लाहकार हरि डल्लाकोटीले नेपालमा भईरहेको अघोषित ाकाबन्दी भारतको सुरक्षासंग पनि सम्बन्धित रहेको बताए । उनले नेपालीले नै भारतको नाका नाकामा सुरक्षा दिईरहेको भन्दै नेपालीलाई कमजोर नआँक्न चेतावनी दिए ।

समितिका निवर्तमान अध्यक्ष यादवलाल श्रेष्ठले नाटकीय ढंगले भईरहेको अघोषित नाकाबन्दी कुटनीतिक तवरबाट हटाउन सरकारसँग माग गरे ।


भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.