इन्धन दिन चीनलाई नेपाल सरकारको औपचारिक पत्र
काठमाडौं, ३ कात्तिक । सरकारले मुलुकमा देखिएको इन्धन संकट हल गर्न आवश्यक पट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीन सरकारसँग औपचारिक अनुरोध गरेको छ ।
भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ नेपाल भित्रन नसकेपछी सरकारले विकल्पका रुपमा उत्तरी छिमेकीलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको हो ।
पोस्टका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडटं स्थित चिनियाँ दुतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
वाणिज्य, अर्थ र पररराष्ट्र मन्त्रालयका अदिकारीहरुबीच भएको उच्चस्तरीय बैठकपछि यस्तो आग्रह गरिएको हो ।
वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले परराष्ट्र मार्फत चीन सरकारलाई अनुरोध गरिएको बताए ।
आइतबार एमाले अध्यक्ष झलनाथ खनालसँगको भेटमा चिनियाँ राजदुत ऊ चिन्ताईले तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ नेपाललाई आपुर्ति गर्न तयार रहेको बताएका थिए ।
सडकमार्गबाट इन्धन आपुर्तिका लागि भनिए पनि मुख्य दुई नाका तातोपानी र रसुवागढि नाका पूर्णरुपमा संचालनमा आउन नसकेकाले कठिनाइ उत्पन्न हुनसक्ने देखिएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.