केपी ओलीले ‘तुहाइदिए’ फेरि मन्त्री बन्ने बामदेवको चाहना
एमाले उपाध्यक्ष बामदेव गौतमको फेरि मन्त्री हुने रहर अधुरै रहने भएको छ ।
पूर्ववर्ती सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधधान र गृहमन्त्री रहेका गौतमले केपी ओली नेतृत्वको सरकारमा समेत मन्त्री हुने रहर गरेका थिए ।
गौतमले गृहमन्त्रीमा आफ्नै निरन्तरताका लागि पार्टीभित्र लविङ गरेको स्रोतले बतायो ।
तर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा योगदानका आधारमा सबैले समान अवसर पाउनुपर्ने भन्दै एउटै व्यक्ति पटकपटक मन्त्री बन्न नसक्ने जवाफ दिएको श्रोतले जानकारी दियो ।
ओलीले उपप्रधानसहित गृह एमाओवादीको भागमा परेको जवाफ दिएपछि गौतमले प्रधानमन्त्रीपछिको दोश्रो मर्यादा क्रममा रहने गरी आफू उपप्रधानसहित उर्जा वा कृषि मन्त्री बन्न तयार रहेको बताएका थिए ।
ओलीले त्यस्तो पनि गर्न नसक्ने जवाफ गौतमलाई दिएको एक एमाले नेताले जानकारी दिए ।
गौतम यसअघि लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् ।




0 comments
Write Down Your Responses