हामीले नाकाबन्दी फिर्ता गरेकै छैनौंः महतो
सयुंक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दी यथावत रहेको बताएका छन्। नाकाबन्दी खुलेको भन्दै काठमाडौंको मिडियाले भ्रम फैलाएको आरोप लगाएका छन्।
वीरगन्जमा आइतबार पत्रकार सम्मेलन गर्दै महतोले काठमाडौंका संचार माध्यमहरुले नाकाबन्दी खुलेको झुठो अफवाह भैलाएको आरोप लगाए।
‘नाकाबन्दी मोर्चाले गरेको हो, र हामीले फिर्ता गरेकै छैनौं, धर्नामा हरेक दिन सहभागिता बढ्दो छ, मिडियाले वा कसैले भ्रम फैलाउदैमा हुन्छ?’, उनले भने, ‘अब फेरि पनि मधेशका जनताले गोली खाने स्थिति बाँकी नहोस्।’
वार्ता हुँदैछ भन्ने आफवाह फैलाउने र वार्ता नगर्ने सरकार तथा तीन दलले दुनियाँलाई मुर्ख बनाउने प्रयास गरीरहेको उनले आरोप लगाए।
सरकार र तीन दलले अहिले गैरजिम्मेवारीपनाको पाराकाष्ठा नाघेको उनले टिप्पणी गरे। ‘यतिबेला देशको समस्या छोडेर सरकार र कुर्सीको बाँडफाँडमा तीन दलका नेताहरु ब्यस्त हुनु अतिनै खेदपुर्ण छ,’ उनले भने।
setopati/news




0 comments
Write Down Your Responses