चीनले पृथ्वीको भविष्य पत्ता लगाउने कम्प्युटर प्रयोगमा ल्याउँदै
एजेन्सी– चीनमा १.४ करोड अमेरिकी डलरको लागतमा बनेको करिब दुई तले भवनको उचाई जतिकोे ‘म्याजिक क्युव’ नामक सुपर कम्प्युटरलाई पृथ्वीको भविष्य जान्ने, जलवायु र जैविक प्रणालीमा सम्भावित परिवर्तनको गणनाका लागि काममा ल्याउने योजना छ ।
चीनका वैज्ञानिकहरुलाई आशा छ, बादलको निमार्णलाई सयौँ÷हजारौँ वर्षपछि जलवायु परिवर्तनसम्म पृथ्वीको प्राकृतिक अवस्थाको बारेमा लगभग सबैको गणना गर्न सक्नेछन् । चिनियाँ विज्ञान संस्था सिएएसअन्तर्गत आउने धेरै अनुसन्धान संस्थाहरुले संयुक्त रुपमा विशेष सुपर कम्प्युटरको अनावरण गरे, जसलाई ‘अर्थ सिस्टम न्यूमेरिकल सिम्युुलेटर’ नाम दिइएको छ ।
यो कम्प्युटर ‘सिएएस अर्थ सिस्टम मोडल १.०’ सफ्टवेयरमा आधारित भएर काम गर्छ । ‘म्याजिक क्युब’ सुपर कम्पुटरलाई उत्तरी बेइजिङको ‘होङ्गग्युआनकुन सफ्टवयर पार्क’मा राखिएको छ । यसलाई बनाउन करिब ९ करोड युआन् अर्थात् करीब १.४ करोड अमेरिकी डलर लागत लाग्यो ।
यस कम्प्युटरको गणना गर्ने क्षमता कम्तिमा एक ‘पेटाफ्लप’सम्म छ, जसका कारण यो चीनको दश शक्तिशाली कम्प्युटरमा पर्दछ । यस कम्प्युटरको पाँच पिबी अर्थात् ५० लाख गिगाबाइटको डेटा सञ्चय क्षमता छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्हुआको अनुसार, पृथ्वीको भविष्यको नक्कल गर्ने मेसिनमध्ये ‘मेरिज क्युव’ आकारमा दशौँ स्थानमा छ, जसको डिजाइनको आधारमा अहिलेसम्म काम भइरहेको छ र वैज्ञानिकहरु यस कम्प्युटरलाई अन्तिम उपयोगमा ल्याइने ‘सिम्युलेटर’को रुपमा पनि प्रयोग गर्नेछन् ।



0 comments

Write Down Your Responses

Powered by Blogger.