कांग्रेस नेता रामशरण भन्छन्- मधेसको माग पुरा गरौं, नाकाबन्दी दुई मिनेटमै खुल्छ
मध्यपुर अस्पताल प्रालि, मध्यपुर थिमिको पाँचौँ वार्षिकोत्सव तथा लिफ्टसहितको १०० श्ययाको भूकम्पप्रतिरोधी भवनको समुद्घाटन कार्यक्रममा उहाँले नाकाबन्दीका कारण नेपालमा आएको समस्या छिट्टै समाधान हुने बताउनुभएको हो ।
नेपालमा संविधान जारी भएलगत्तै सुरु भएको असन्तुष्ट पक्षको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउँदै हिमाल, पहाड र तराई जसको माग भए पनि जायज मागको सम्बोधन हुनुपर्ने उहाँको भनाइ थियो । अहिलेको समय राजनीतिक बहस र खिचातानी गर्ने समय नभएको चर्चा गर्दै उहाँले एक भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बेला भएको बताउनुभयो ।
भारतले दुई महिना नाकाबन्दी गर्दा पनि नेपाली जनताको साहसले देश टिकिरहेको बताउँदै डा महतले भन्नुभयो–“वैशाखमा महाभूकम्प गयो, नेपाली जनताले त्यत्रो विपत्तिको सामना गरे, अहिले दुई महिनादेखि भारतले गरेको नाकाबन्दीले निम्त्याएको सङ्कटलाई पनि नेपाली शक्ति र तागतले चिरेर बसेको छ, सबैले बुझे हुन्छ, नेपालीको आन्तरिक मामलामा हस्तक्षेप नगरे हुन्छ, अब नेपाली जनता कसैले तर्साएर तर्सँदैनन् ।”
इन्धन अभावले देशमा आर्थिक सङ्कट आएको, पुनःनिर्माणको कामलाई अवरोध पु¥याएको बताउँदै उहाँले भन्नुभयो–“इन्धन अभावले अस्पतालको अत्यावश्यक सेवा बन्द हुन थालेका छन्, घरमा चुलो बल्न छाडेका छन्, यस्तो सङ्कटको जनताले सामना गर्न सकेका छन् ।”
कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले अब देशको समस्या छिट्टै समाधान हुने बताउँदै उहाँले देशको विकासको गतिलाई अब कसैले रोक्न नसक्ने बताउनुभयो ।




0 comments
Write Down Your Responses