प्रचण्डलाई धम्कि नै धम्कि
एमालेलाई सरकार निर्माणमा सहयोग गरेको एमाओवादीको भागमा उपप्रधान तथा गृहमन्त्रालयसहित ८ वटा मन्त्रालय परेको छ । संसदको सभामुखसमेत एमाओवादीकै भागमा परेको थियो । सभामुखमा एमाओवादीले पार्टीका धेरै नेताहरुलाई पठाउन खोजेपनि कसैले नमानेपछि यसअघिकी उपसभामुख ओनसरी घर्तिलाई पठाएको छ ।
लाजिम्पाट स्रोतका अनुसार पार्टीको भागमा परेको गृहमन्त्रालयमा सबै नेताहरुको आँखा परेपछि एमाओवादीले मन्त्रीहरुबारे टुंगो लगाउन सकेको छैन । स्रोतका अनुसार गृहमा पार्टीका कृष्णबहादुर महरा, टोप बहादुर रायमाझि, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतकाको दावी रहेको छ भने अन्य मन्त्रालयहरुमा कसैको खासै रुची छैन ।
गृह दावी गरिरहेका सबै नेताहरुका अलावा प्रचण्डलाई उनको समर्थन या विरोधमा धम्कि दिनेहरुको संख्या यतिबेला पार्टीमा ठुलो छ ।
टिमटिम बनेर डेलिकेसन जानेहरुको संख्या र दवावले लाजिम्पाट सधैंजसो भरिभराउ हुन्छ । गृह मन्त्रालय नपाए ‘म देखाईदिन्छु’भन्नेहरुदेखि ‘फलानालाई बनाइस् भने’ ‘फलानालाई बनाइनस् भने’ भन्नेखालका धम्किहरुले प्रचण्ड हैरानमा परेका छन् ।
उसो त मन्त्रीका दावेदार नेताहरु सबै उपल्लो स्तरका हुन् । प्राय स्थायी समिति सदस्यहरु पोलिटव्यूरो सदस्यहरु सबैलाई मन्त्री बन्ने भूत चढेको छ । त्यो भन्दा तलका नेताहरुका बारेमा ति नेताहरुले खासै सोचेको समेत नदेखिएको झक्कु सुवेदीले बताए ।
पेरिसडाँडामा भेटिएका अर्का केन्द्रिय सदस्य भन्छन्, –‘अब त मुख देखाउन पनि लाज भयो, नेताहरुले के गरेका यस्तो ? ’ उनका अनुसार नेताहरु जिम्मेवार भएर एउटा उपल्लो नेताले नेतृत्व गरेर बाँकी तलकालाई पठाउनुपथ्र्यो । एमाओवादीमा उपल्लो नेताहरुले कहिल्यै नछोड्ने समेत उनले दावी गरे ।
पार्टी छाड्नेदेखी अर्को चुनावमा देखाईदिने धम्कि बेहोरीरहेका प्रचण्डले कहिलेसम्म धम्कि खाईरहने हुन् ?
तर मन्त्रालय छनोट तथा जिम्मेवारीमा मन्त्री पद मात्र जिम्मेवार नभएर पार्टीका दोस्रा तहका नेताहरुबिच को अघि बढ्ने र कसले कसलाई पछार्ने भन्नेले समेत काम गरेको अर्का केन्द्रिय सदस्य बताउँछन् ।
खबर /khabardabali.com
0 comments
Write Down Your Responses