आफ्नै गृहनगरमा यसरी झुक्दैछन् मोदी, हार्दिक पटेलले फेरि चर्काए आन्दोलन
काठमाडौं, २९ असोज । नेपालमाथि नाकाबन्दी लगाएर आफूलाई सर्वशक्तिमान देखाउन खोजिरहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्को धक्का लागेको छ ।
गृहनगर गुजरातमा पटेल समुदायले फेरि आन्दोलन चर्काएपछि मोदीले आफ्नो शीर झुकाउनु परेको छ । उनले शीर झुकाउँदै माग पुरा गर्ने बचनबद्धता जनाएपनि पुरा नभएको भन्दै पटेल समुदायले फेरि कडा आन्दोलन गर्न थालेका छन् ।
पटेल समुदायका युवा नेता हार्दिक पटेलले मोदीलाई चुनौति दिँदै तत्काल आफ्ना माग सम्बोधन नभए मोदीलाई गृह नगर गुजरातमा पाइला टेक्न नदिने चेतावनी दिएका छन् । यसअघि आफूविरुद्ध प्रदर्शन गरेको भन्दै मोदीले पटेललाई पक्राउ गर्न लगाएका थिए । व्यापक विरोधपछि दुई दिनपछि छाडेका थिए ।
हार्दिक पटेलले पटेल समुदायलाई आरक्षण कोटा दिनुपर्ने माग राख्दै आन्दोलनको नेतृत्व गरेका थिए । पहिलो चरणको आन्दोलनमा मोदी सरकारले आरक्षण दिने सहमति जनाएपनि कार्यान्वयन नभएको भन्दै फेरि आन्दोलनमा उत्रिएका हुन् ।
युवा नेता हार्दिकले भनेका छन्– ‘पटेल समुदायका सदस्यहरुले नरेन्द्र मोदीको भारतीय जनता पार्टीको गुजरात राज्य सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शनको सुरुवात गरिसकेको छ । अब झनै सशक्त पार्न खोजिरहेका छौं ।’ प्रधानमन्त्री नरेन्द्र मोदीमा घमण्ड रहेको भन्दै अधिकार प्राप्तिको लडाईमा उनलाई जितेरै छाड्ने युवा नेता पटेलको अठोट छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.