चीनले भन्यो- नेपालले मागे तेल सहित सबै सहयोग गर्न तयार
२९ असोज, काठमाडौं ।
चीनले भारतीय नाकाबन्दीले समस्यामा परेको नेपालका विषयमा पुनः मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले नेपालले सहयोग मागेमा इन्धन लगायत सबै सहयोग गर्न चीन तयार रहेको स्पष्ट पारेकी छिन् ।
शुक्रबार विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चुनयिङले नेपालसँगको सीमा नाका खुलेको र अव नेपालले मागेका सबै प्रकारका सहयोग दिन चीन तयार रहेको स्पष्ट पारिन् ।
भारतले नाकाबन्दी लगाएर नेपालमा इन्धन हाहाकार भैरहेको समयमा चीनले खुला हात बढाएपनि नेपाल सरकारले भने चीनसँग कुनै खाले सहयोग मागेको छैन ।यस अघि चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि राष्ट्रसंघीय महासभामा समेत नेपालमाथि भारतले लगाएको नाकाबन्दीलाई लक्षित गर्दै साना राष्ट्रहरुलाई हेप्न नहुने बताएका थिए ।
0 comments
Write Down Your Responses