तहल्का मच्चाउनैको लागि रुसले बनाएको भयानक विमान
सन् १९३० मा रुसी सेनाको लागि बनाइएको भनिएको फाइटर विमान ‘बम्बर के-७०’ ले निकै चर्चा बटुल्दैछ। यो विमान यति भयानक छ कि यो वास्तविक होइन भन्ने चर्चा एकातर्फ छ भने अर्को तर्फ यो विमानले उडान भर्न सक्दैन भनिने गरेको छ।
६ ठुला प्रोरेलर, विमानको अगाडी लगाइएको १२ वटा इन्जिन र ठुला पङ्खाहरुले यो देख्दा नै कति भयानक छ भनि प्रष्ट पार्छ। विमानलाई अवतरण गर्दा यसको तौल सम्हाल्नकै लागि धेरै सङ्ख्यामा ल्याण्डिङ गियर लगाइएको छ।
‘कोस्टेटिन कलिनिन’ नामक एक इन्जिनियरले यो विमान बनाएका थिए। जेट फाइटर विमान नभएको सो बेलामा यो विमानले ११ पटक उडान भरेको थियो साथै १५ दुश्मनलाई मारेको बताइन्छ। दुर्घटनामा परेपछि यो विमानले पछि उडान भरेको छैन।
0 comments
Write Down Your Responses