तीन पार्टीका शीर्ष नेता एकैदिन चीन किन गए ?
काठमाडौँ, २६ असोज । नेपालका प्रमुख तीन दलका तीन नेता मंगलबार दिउँसो चीन प्रस्थान गर्नुभएको छ ।
इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिज (आइक्याप) को असोज २८ गते हुने २५ औँ स्थायी कमिटीको बैठकमा भाग लिन प्रमुख तीन दलका नेता आज छिमेकी चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको हो ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
एमालेका सचिव ज्ञवालीले आफू चीनमा हुने रेशम मार्गसम्बन्धी सम्मेलनमा पनि सहभागी भई आगामी साता स्वदेश फर्कने जानकारी दिनुभयो ।
यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि ती कार्यक्रममा जाने तय भएपनि नयाँ सरकारको विस्तारका काम बाँकी रहेकाले उहाँको भ्रमण रद्द भएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.