अन्तराष्ट्रिय संस्थाले दियो साउदी अरेविया बारे डरलाग्दो चेतावनी
८ कात्तिक, एजेन्सी ।
कच्चा तेलको मूल्यमा भैरहेको निरन्तर गिरावटका कारण विश्वकै धनी देश साउदी अरेबिया आगामी ५ वर्ष भित्र कंगाल बन्न सक्ने प्रक्षेपण अन्तराष्ट्रिय मुद्रा कोषले गरेको छ ।
साउदीले आफ्नो बजेट घाटा कम गर्नका लागि नीति अघि नसारे ५ वर्षमै साउदीको अर्थतन्त्र ध्वस्त हुने आइएमएफको चेतावनी छ ।
साउदी अरेविया मात्र नभएर बहराइन र ओमन जस्ता खाडी सहयोग परिषदमा रहेका अन्य ६ राष्ट्रको अर्थतन्त्र समेत धरापमा पर्ने मुद्रा कोषको प्रक्षेपण छ ।
यसरी समस्यामा पर्ने भनिएका देशमा कतार, कुवेत, र संयुक्त अरव इमिरेट्स समेत हुन सक्नेछन् ।
संसारकै सबैभन्दा ठूलो तेल निर्यातक देश साउदी अरेवियाका अधिकारीहरुले देशको बजेट घाटा कम गर्नका लागि योजना अघि सारेका छन् । यस अघि पनि अरवले यस्ता समस्या सामना गरिसकेको भन्दै अधिकारीहरुले समस्या समाधानका लागि आफुहरु सक्षम हुने आत्मविश्वास पनि प्रकट गरेका छन् ।
साउदी अरेवियाको कूल आन्तरिक उत्पादनको प्रतिशत ऋण सन् २०१४ मा २ प्रतिशतमा झरेको थियो । जुन संसारकै सबैभन्दा तल्लो विन्दु हो ।
साउदी अरेवियाको राजश्वको कूल हिेस्सामा ८० प्रतिशत तेल निर्यातमा आधारित रहँदै आएको छ ।
0 comments
Write Down Your Responses