सलमान विरुद्ध सत्य बोलेपछि जो सडकमा भिख माग्न बाध्य भए
सत्य एकपटक बोले पुग्छ तर झुट एक पटक बोलेपछि त्यसलाई लुकाउनका लागि निरन्तर बोलिरहनुपर्छ। त्यसेले सय झुट बोल्नु भन्दा एक सत्य बोल्नु राम्रो मानिन्छ तर कहिपय अवस्ता सत्यको मूल्य चर्को रुपमा चुकाउनु पर्ने हुन्छ। त्यस्तै घटना सलमानको विरुद्धको सडक दुर्घटनाका बारेमा बोल्ने एक व्यक्तिको भयो।
मादकपदार्थ सेवन गरेर गाडी चलाएका कारण फुटपाथमाथि सुतेका व्यक्ति हत्या एवम पाँच व्यक्तिलाई गम्भिर घाइते बनाएकोमा दोषी ठहर भएका सलमान जमानतमा जेल बाहिर छन्। उनी बाहिर रहेपनि उनका विरुद्ध बयान दिने एक प्रत्यक्षदर्शी भने सडकमा भिख माग्न विवश भए र दर्दनाक मृत्यवरण गर्न पुगे।यसरी दर्दनाक जीवन बाँच्ने व्यक्ति हुन् रविन्द्र पाटिल।
रविन्द्र भारतीय प्रहरीका कन्स्टेबल थिए। उनी सलमानको अंगरक्षकका रुपमा खटाइएका थिए। सन् २००२ मा भएको 'हिट एण्ड रन'का प्रमुख साक्षी हुन्। उनले नै सो घटनाको एफआइआर दर्ता गरेका थिए। सलमानले दुर्घटना गराएका बखत उनी सलमानसँगै गाडीमा थिए। सोहि वर्ष सलमानले अन्डरवल्डबाट धम्की मिलेको उजुरी गरेपछि पाटिललाई मुम्बई प्रहरीले २५ वर्षीय पाटिललाई निशस्त्र अंगरक्षक बनाएको थियो।
उनले अक्टुबरमा सन् २००२ मा दुर्घटना बखत सलमानले रक्सी सेवन गरेर गाडी चलाएको बयान दिएका थिए। बयानले उनको जीवन मृत्युको क्षणसम्म पीडादायी दुखद भयो। उनी परिवारसँग बस्न सकेनन् र अलग भए। अलग भए लगत्तै उनी अचानक बेपत्ता भए। सन् २००७ मा उनी एक महानगरीय अस्पतालमा बिरामी हालतमा भेटिए। उनलाई जेल समेत पुर्याइयो। जेलमा उनलाई सिरियल किलरसँगै राख्नेसम्मका काम भए।
उनी अस्पताल पुग्नु अघि सडकमा भीख मागिरहेको अवस्थामा पनि भेटिएका थिए। भीखको पैसाले उनी दिनरात रक्सी सेवन गर्थे। निरन्तरको रक्सी सेवनका कारण उनी टिबीको सिकार भए। अधिक रक्सी सेवनका कारण कमजोर भएको उनको शरिरमा औषधीले पनि काम गर्न छाडेको थियो।
अन्तत: उनको निधन भयो। उनी मर्दा उनी एक्लै थिए उनको छेउमा उनका कोहि पारिवारिक सदस्यसमेत थिएनन्। बाँचुन्जेल उनलाई बयान बदल्न अनेक प्रलोभन दिइयो। उनका परिवारमाथि पुलिसले पनि बयान बदल्नका लागि अनावश्यकरुपमा दु:ख दिइरहन्थ्यो। उनलाई विभिन्न माध्यमबाट निरन्तर चर्को दबाब दिइएको थियो तर जस्तोसुकै दबाब, धम्की र प्रलोभनका बाबजुत उनले जीवनको अन्तिम साससम्म आफ्नो बयान बदलेनन्।
0 comments
Write Down Your Responses