सरकारविरुद्ध आन्दोलन गर्ने रौतहट कांग्रेसको निर्णय
रौतहट– संबिधानसभा निर्वाचन क्षेत्र नम्बर ५ स्थित नेपाली कांग्रेस क्षेत्रिय कमिटीले बर्तमान सरकारले मधेशको समस्या अविलम्ब समाधान नगरेमा सरकारको बिरुद्ध आन्दोलनमा उत्रने निर्णय गरेको छ ।
क्षेत्र नम्बर ५ को कटहरीया स्थित शनिवार बसेको क्षेत्रिय कमिटीको बैठकले ६५ दिनदेखि मधेशमा जारी आमहडताल खुलाउन सरकारले बेवास्ता गरिरहेको भन्दै अविलम्ब समाधान गर्न सरकारसंग माग गरेको छ ।
सीमांकन,लगायतका मागलाइ संबिधान संसोधन मार्फत समाधान नगरेमा बाध्य भई आन्दोलनमा जाने निर्णय गरेको हो ।
अधिकारको लागी मधेशमा जारी आन्दोलनमा शहादत प्रात्तगरेका ४५ जनालाइ शहीद घोषणागरी क्षतीपुर्ती दिलाउन समेत माग गरेको छ । आन्दोलनको क्रममा घाइते सबैको उपचारको ब्यवस्था र झडपको समय नागरीकको भएको भौतिक क्षतीको छुटै समिति गठन गरी रिपोर्ट अनुसार क्षतीपुर्ती दिनुपर्ने र झुठामुद्धामा फसाइएका सबैलाई अविलम्ब रिहा गर्नुपर्ने बैठकले माग गरेको छ । त्यसैगरी मधेशको समस्या समाधान नभएसम्म बडादशैं,दिपावली, तिहार,तथा छठको अवसरमा कुनै प्रकारले शुभकामना आदान प्रदानको कार्यक्रम नगर्ने निर्णय गरीएको बैठकमा सहभागी नेपाली कांग्रेसका क्षेत्रिय सदस्य सर्फलाल गुप्ताले बताएका छन । साथै संयुक्त लोकतान्त्रिक मधेशीमोर्चा द्धारा जारी आमहडताल प्रती नेपाली कांग्रेस क्षेत्रिय कमिटिले ऐक्यवद्धता समेत जनाएको छ ।
0 comments
Write Down Your Responses