एमाओवादीले महरालाई गृहमन्त्री र पोखरेललाई सभामुख बनाउने
काठमाडौ । एमाओवादीले उपप्रधानमन्त्री तथा गृहमन्त्री महासचिव कृष्णबहादुर महरा र सभामुखमा गिरिराजमणि पोख्रेललाई पठाउने भएको छ।
महरा र पोख्रललाई पार्टीको स्थायी समितिको बैठकले पठाउने निर्णय गरेको हो ।
बैठकले महरालाई सुरुमा सभामुखमा बनाउने तयारी गरेको थियो तर सभामुख बन्न तयार रहेकोले उनलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा पठाउने निर्णय गरेको हो ।
एमाओवादीले गृह, स्थानीय विकास तथा संघीय मामिला, सामान्य प्रशासन, वन तथा भूसंरक्षण, वाणिज्य तथा आपूर्ति तथा कृषि मन्त्रालय लगायत अाठ मन्त्रालय लिने सहमती भएको थियो ।




0 comments
Write Down Your Responses