सरकारमा एमाओवादीको नेतृत्व महराले गर्ने
आज विहानदेखि बसेको स्थायी समितिको बैठकले महरालाई पार्टीको नेतृत्व गरेर सरकार पठाउने विषयमा छलफल गरेको छ ।
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले महराको नेतृत्वमा एमाओवादी सरकारमा सहभागि हुन लागेको पुष्टि गरे । महराले उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
त्यसैगरी, एमाओवादीले सचिव टोप बहादुर रायमाझीलाई स्थानीय विकास मन्त्रालय सम्हाल्ने गरी सरकारमा पठाउने भएको छ ।
एमाओवादीले यसअघि नै हरिबोल गजुरेललाई कृषि मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सहभागि गराइसकेको छ ।
एमाओवादीले सरकारमा ८ वटा मन्त्रालय मागेको छ । तर, एमालेले भने एमाओवादीलाई ६ वा ७ मन्त्रालय मात्रै दिने तयारी गरेको छ ।
सरकारमा सहभागि दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको पनि अहिले नै टुङ्गो लगाउन लागेकाले मन्त्री परिषद् विस्तारमा केही ढिलो भएको छ ।




0 comments
Write Down Your Responses