अन्तरिक्षबाट पृथ्वीमा एक भग्नावशेष खस्दै, त्यो पनि दक्षिण एसियामै !
यो श्रीलंका र भारतको नजिक रहेको हिन्द महासागर क्षेत्रमा खस्ने वैज्ञानिकहरुको दावी छ । ‘दि इन्डिपेण्डेंट’को रिपोर्ट अनुसार यो १३ नोभेम्बर बिहान सवा ६ बजे पृथ्वीमा खस्नेछ । यस भग्नावशेषलाई WT1190F शर्टकटमा WTF नाम दिईएको छ ।
यो कुनै खाली अब्जेक्ट तथा कुनै प्रयोग भइसकेको रकेटजस्तो हुनेछ । वैज्ञानिकहरु भन्छन्, ‘यस्ता भग्नावशेष त्यहीँ जलेर नष्ट हुनुपर्ने हो । तर WT1190F पृथ्वीमा खस्ने भयो । यो पृथ्वीमा खस्दा आकासमा बम वर्षा गरेजस्तो हुनेछ ।’
अन्तरिक्ष वैज्ञानिकहरुको एउटा टीम यसबारे आपतकालीन योजना बनाउन जुटेको छ । स्पेस मिसनका कैयन यस्ता भग्नावशेषहरु अन्तरिक्षमै घुमिरहेका छन् । यसमध्ये WT1190F यस्तो भग्नावशेष हो, जुन पहिलो पटक पृथ्वीमा खस्दैछ ।
0 comments
Write Down Your Responses