‘चीनबाट २४ घण्टामा फालाफाल इन्धन ल्याउन सकिन्छ’

काठमाडौं, १९ असोज । भारतले अघोषित नाकाबन्दी लगाएपछि चीनबाट आपातकालिन रुपमा पेट्रोलियम पदार्थ आयात गर्न असम्भव छ भनेर हल्ला फिंजाइएको नेपाल–तिब्बत व्यापारका जानकारले बताएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष अशोक श्रेष्ठले नेपाल सरकारले चाहने हो र चीन सरकारले मान्ने हो भने चीनबाट इन्धन ल्याउन धेरै सजिलो हुने बताएका छन् ।

श्रेष्ठले काठमाडौं उपत्यकाको इन्धन आपूर्ति गर्न २४ घण्टा पनि नलाग्ने बताए । श्रेष्ठका अनुसार तिब्बतको ल्हासासम्म पेट्रोलियम पदार्थको पाइप लाइन पुगेको छ । त्यहाँबाट तातोपानी ७३२ किलोमिटर दूरी भए पनि बाहै्र महिना चल्ने अत्यन्त राम्रो गुणस्तरको बाटोका कारण १३ घण्टामा खासाबजार पुग्न सकिने श्रेष्ठले बताए ।

चीनतर्फबाट काठमाडौंसम्म जम्मा १५४ किलोमिटर मात्रै पहाडी बाटो रहेको छ । भारतबाट काठमाडौं आँदा पनि त्यति नै लामो पहाडीमार्ग तय गर्नुपर्छ ।

श्रेष्ठका अनुसार चीनले खासा र यलममा पेट्रोलियम पदार्थको ठूलो भण्डारण गरेको छ । उनले सिगात्से हुँदै केरुङ आउने बाटोभन्दा यलम हुँदै खासा आउने बाटो छोटो र राम्रो भएको पनि बताए ।

अहिले चिनियाँ मुद्रा रेन्मिन्बीको दर केही बढेको भए पनि चीनबाट आयात गर्दा पेट्रोलियम पदार्थको मूल्य काठमाडौंमा भारतबाट आयात गर्दाको भन्दा २–४ रुपियाँ मात्रै धेरै पर्ने अनुमान गरेका छन् । नेपाल र चीनबीच सम्झौता भए त्योभन्दा निकै सस्तोमा पेट्रोलियम पदार्थ आयात हुन सक्ने सम्भावना देख्छन् उनी ।

तर, आइओसीसँगको सम्झौता बाधक

तर, चीनबाट पेट्रोलियम पदार्थ आयात गर्दा भारतको आयल निगम (आईओसी) र नेपाल आयल निगम (एनओसी) बीचको सम्झौता बाधक रहेकोले छ । एनओसी र आइओसीबीच सन् २०२० सम्मका लागि भएको सम्झौतामा नेपालले सम्पूर्ण इन्धन भारतबाटै खरिद गर्नुपर्ने प्रावधान छ ।

पुलेसो बाट


2 comments

If IOC does not give oil to Nepal on its demand basis, this means it has already breached the agreement and other point is Nepal government can easily stop the monopoly of the NOC and let other parties can come and work. There is no rules and agreement stopping to bring oil to Nepal from anywhere in the world.

IOC ले सम्झौता तोडे पछि के को फेरि सम्झौता बाधक नि । ल्याउने अनुमति तु सरकारले दिनु पर्छ ।

Write Down Your Responses

Powered by Blogger.