ग्लोबल टेण्डर हालेपछि अतालियो भारत, तेल लिन आउनल आग्रह
काठमाडौं, २४ असोज । नाकामा अवरोधको कारण देखाउँदै इन्धन दिन नमानेको भारतले शनिबार नेपाललाई फोनै गरेर इन्धन भर्न बोलाएको छ ।
नेपालले इन्धन आयातका लागि ग्लोबल टेण्डर आह्वान गरेपछि भारतीय आयल कर्पोरशन (आइओसी) का अधिकारीहरुले नेपाल आयल निगमका पदाधिकारीहरुलाई तेल लिन बोलाएका हुन् ।
यसअघि नेपाल आयल निगमका अधिकारीले सम्पर्क गर्न खोज्दा समेत आइओसीका अधिकारीहरु आलटाल गरिरहेका थिए । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले तेल भर्न नेपाललाई भारतले आग्रह गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार आईओसीका अधिकारीले समान्य अवस्थाको भन्दा बढी लोड दिने भन्दै ट्यांकर भारत पठाउन आग्रह गरेका हुन् । भारतसँग आवश्यक डिल गरेर तेल भर्नका लागि सोमबार ट्यांकर पठाइने प्रवक्ता बरालको भनाई छ ।
डिल भइसकेपछि निगमले तेल भर्न आईओसीको गोन्डा, बेतालपुर, बरौनी र सिलगुढी डिपोमा ट्याकंर पठाउने छ । विहीबार मात्रै आयल निगमले इन्धन आपूर्तिका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । जसमा १० भन्दा बढी कम्पनीले नेपालमा इन्धन आपूर्ति गर्ने इच्छा देखाएका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.