तेलको चरम अभावपछि प्रहरीले सुरु गर्‍यो निःशुल्क गाडी सेवा
काठमाडौं, असोज २४ । भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण अहिले नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव छ ।

पेट्रोलियम पदार्थको अभावपछि अहिले दैनिक जनजीवन नराम्ररी प्रभावित भएको छ ।

भान्छामा खाना पकाउने ग्याँसको अभाव छ भने सडकमा सार्वजनिक सवारी साधनको  ।

पातलो मात्रामा चलेका सवारी साधानमा यात्रुहरु छतमा चढेर जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

अभावका कारण केहिले लिफ्ट दिँदै यात्रुहरुलाई सहयोग गर्दै आएका छन् ।

अबदेखि नेपाल प्रहरीले पनि यात्रुको सुविधाको लागि निःशुल्क गाडी सेवा उपलब्ध गराउने भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट विहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजे  साढे ६ बजेसम्म रत्ननपार्कबाट कोटेश्वर  र रत्नपार्कबाट महाराजगञ्जसम्म बा १ ग २१९२ र बा १ ग २५८४ नं. को प्रहरी वानटन गाडी नि:शुल्क संचालन गर्न थालेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.