अमेरिकाको अलास्कामा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प
१५ जेठ, एजेन्सी ।

अमेरिकाको अलास्का तटीय क्षेत्रमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प भएको छ । अमेरिकी भौगर्भिक विभागले शुक्रबार अलास्काको उघासिक तटीय क्षेत्र भन्दा ११० किलोमिटर टाढा भूकम्प आएको जनाएको छ ।

प्रासान्त क्षेत्र सुनामी केन्द्रले भूकम्पबाट सुनामी आउने खतरा नरहेको जनाएको छ । भुकम्पका कारण कुनै क्षति भए नभएको विवरण आउन बाँकी छ ।

यस अघि गत मे २५ मा अलास्काको फक्स टापुमा पनि ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प आएको थियो ।

यस अघि एक ब्यक्तिले अमेरिकाको क्यालिफोर्नियामा ९ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउने चेतावनी दिएपछि अमेरिकामा आतंक मच्चिएको थियो ।

यद्यपी न्यूयोर्कमा यस्तो भूकम्पबारे कुनै जानकारी आएको छैन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.