पटक पटकको भूकम्पले काठमाडौंको जमिन भासिन थाल्यो
महाभूकम्पकै हल्लाईले जमिन तरलीकरण भएपछि बोझ थेग्न नसकेर कयौं घरहरु दलदलभित्र धस्सिएको विज्ञहरुले बताएका छन् । बाक्लो बस्ती भएको क्षेत्रमा भने तरलीकरणको समस्या छैन् ।
‘थकाईले जमिन तरलीकरण भएपछि कतिपय घर र तलाहरु जमिनभित्र धस्सिए,’ त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा। मेघराज धितालले भने, ‘हल्लाईले कतिपय ठाउँमा मूल फुटेको देखियो, प्रेसरले केही स्थानमा बालुवा र साना कण बाहिर निस्किए ।’
काठमाडौंमा बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोगंबु र गोलढुंगा लगाएतका क्षेत्रमा तरलीकरणकै कारण घर जमिनभित्र धस्सिएको धितालले बताए ।
ती स्थानमा कतिपय घरहरु धस्सिएका छन् भने धेरै घर ढल्किएका छन् । जमिन तरलीकरण भएको पत्र बसोबासका हिसाबले जोखिमयुक्त मानिन्छ । त्यस्तो जमिन जुनसुकै बेला पनि धस्सिन वा भासिन सक्ने भन्दै विज्ञहरुले सतर्कता अपनाउन चेतावनी दिएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses