अस्ट्रेलियाका १०० भित्र घले दम्पती
काठमाडौँ, १५ जेठ ।
गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अस्ट्रेलियाका सबैभन्दा धनी १ सय व्यक्तिभित्र पर्न सफल भएका छन् ।
अस्ट्रेलियाका धनाढ्यहरुको सूचि प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले सार्वजनिक गरेको सन् २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित ९९ औँ स्थानमा परे ।
गत वर्ष १ सय ५० औं स्थानमा रहेका घले यो वर्ष फड्को मार्दै ९९ औँ नम्बरमा उक्लिन सफल भए । अघिल्लो बर्ष १५१ औं नम्बरमा रहेकी जमुना भने यो बर्ष १०० स्थानमा परिन् । घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै १५ करोड डलर वृद्धि भएको देखिएको छ ।
गत वर्ष उनीहरुको कुल सम्पत्ति ३३ करोड ५० लाख डलर थियो । घलेकी पत्नी जमुना अष्ट्रेलियाली धनाढ्य महिलाहरुको सूचीमा आठौं नम्बरमा छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.