फेसबुकमा लभपछि यौन सम्पर्क, प्रेमी भागेपछि घरमै धर्ना !
एजेन्सी– भारतको मध्यप्रदेश राज्यस्थित राँचीका एक युवाले जिल्ला कृषि अधिकारी बनेर फेसबुकमा च्याट गरेर युवतीसँग गरेको प्रेमको नाटकले भारतमा खतरनाक मोड लिएको छ ।
युवाले फेसबुक च्याटिङबाट शुरु प्रेमपछि यौनसम्पर्क गरेर भागेपछि उनकी प्रेमिका ती युवाकै घरमा धर्ना बसेकी हुन् ।
यौन शोषणको मामिलामा सजाय पार्इ जेल पुगेका ती युवा युवतीसँगको सहमतिमा जेलबाट रिहा भएलगत्तै भागेपछि धर्ना बसेको भरातीय संचार माध्यमले जनाएका छन् ।
जेलबाट छुट्नुअघि भएको सम्झौताका आधारमा प्रेमीसँग बिहे गर्नका लागि प्रेमिकाले उनको घर अगाडि धर्ना थालेकी हुन् ।
सो घटनामा मध्यप्रदेशकी सतना गाउँ निवासी संगीता बर्माले बिरनी ठानामा आफ्ना प्रेमी सुइयाडिह गाउँ निवासी रतन रायका छोरा विक्रम कुमारले आफूलार्इ बिहेको आशा देखाएर यौनशोषण गरेको मुद्धादर्ता गराएकी थिइन् । उनको उजुरीपछि विक्रम कुमार जेल पुगेका थिए ।
बिक्रमले बिहे गर्न नमाने उनले आफू पुनस् कानुनको सहयोग लिन अदालत जाने उनको भनाई छ । बिहे गर्नैका लागि अदालतको मुद्धा पनि फिर्ता लिएकाले बिक्रमले आफूसँग बिहे गर्नेपर्ने उनले बताइन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.