अर्थमन्त्रीका पिएलाई प्रश्न सोध्दा प्रश्नकर्ता कुटिए, रिपोर्टर्स क्लवमा प्रहरी
भूकम्प पीडितका लागि पठाइएको जस्ता पाता विक्रि गर्न खोजेको आरोप लागेका अर्थमन्त्री डा रामशरण महतका स्वकीय सचिव रमेश महतलाई यस विषयमा प्रश्न गर्न खोज्दा एक ब्यक्तिले रिपोर्टर्स क्लवमा कुटाइ खाएका छन् ।
आफूमाथि लागेको आरोपमा स्पष्टिकरण दिन रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरिरहेको समयमा महतसँग प्रश्न सोध्ने कृष्ण बोहोरामाथि कांग्रेस कार्यकर्ता जाइलागेका थिए । उनी पत्रकार सम्मेलनमै कुटिएका हुन् ।
अवस्था तनावग्रस्त भएपछि रिपोर्टर्स क्लवमा प्रहरी बोलाइएको त्यहाँ रहेका सञ्चारकर्मीले जानकारी दिएका छन् ।
स्वकीय सचिव रमेश महतले नुवाकोटका विद्यालयमा वितरणको लागि लगिएको कर्कट पाता दुरुपयोग गरेको भन्ने आरोपको खण्डन गरेको छन् । महतले आफुलाई राजनीतिक प्रतिशोधका आधारमा निराधार आरोप लगाएको जिकिर पनि गरे ।
इन्भेष्टमेण्ट बैंकको सहयोगमा नुवाकोटका विद्यालयका लागि भन्दै लगिएको तीन सय बण्डल कर्कट पाता मध्ये केही सचिव महतले विक्रीका लागि काठमाडौं ल्याउन खोजेको भन्दै हिजो स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses