मृत घोषित वृद्ध जब जुरुक्कै उठे

जेष्ठ १५ शुक्रबार
एजेन्सी : गुजरातको महेसाणा जिल्ला जिल्लास्थित बोकरवाडा गाउँमा जब शोकमा डुबेको माहोल एकाएक खुसीमा बदलियो तब ७७ वर्षीय वृद्ध मृत्यु शैय्याबाट उठे ।

११ घन्टाअघि चिकित्सकहरुले ती वृद्धलार्इ मृत घोषित गरेका थिए । मंगलबार साँझ मृत घोषित गरेपछि बुधबार बिहान अन्तिम संस्कारको तयारी गर्दैगर्दा मृत शरीरमा ज्यान फर्केर आयो ।

बीसनगर तहसिलको बोकरवाडा गाउँमा बस्दै आएका ७७ वर्षीय गणेशभाइ पटेलको स्वास्थ्य अवस्था मंगलबार अचानक बिग्रेको थियो ।

मंगलबार साँझ करिब साढे ६ बजे चिकित्सकहरुले उनलार्इ मृत घोषित गरिदिए । उनको निधनको समाचार पाएपछि गाउँका मानिस र उनका नातागोता घरमा जम्मा भए । बुधबार बिहानै उनको अन्तिम संस्कारको तयारी भइरहेको थियो ।

यसैबीच बिहान करिब ५ बजेर ३० मिनेटको समयमा गणेशभाइको शरीर एकाएक हलचल गर्न थाल्यो । शरीर हलचल गरेसँगै उनी आँखा खोल्दै आफैं उठेर बसे । उनको गतिविधि देखेर उनलार्इ रुँघ्न बसेका उनका परिवारजन अवाक हुन पुगे ।

मृत घोषित गरिएको ११ घन्टापछि गणेशभाइ पुन:जीवित भएको खबर आगोजस्तै गाउँभरी फैलियो। मरेर पनि बाँचेका उनलार्इ हेर्न गुजरातका अन्य जिल्लाबाट पनि मानिसको भींड लाग्न थालेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस : 


0 comments

Write Down Your Responses

Powered by Blogger.