बंगलादेशको ढाकामा नेपाली महिलाको रहस्यमय मृत्यु
काठमाडौं । बंगलादेशको ढाकामा एक नेपाली महिलाको रहस्यमय मृत्यु भएको छ । ढाका निवासी मिलन डी प्युरिफिकेशनसँग गत पुसमा मात्रै विवाह गरेकी सर्लाही लालबन्दीकी कमलाकुमारी विकको रहस्यमय मृत्यु भएको हो ।
गत बुधबारमात्रै उनले आफ्ना दाजु भुवनसँग नेपाल आउन चाहेको बताएकी बिकको शुक्रबार साँझ मृत्यु भएको हो ।
कमलालाई बंगलादेशमा सासू ससुरासँगै राखेर उनका पति मिलन बैदेशिक रोजगारीका लागि कुवेत गएका थिए । मिलनले फेसबुकमा म्यासेजमार्फत कमलाले आत्महत्या गरेको जानकारी गराएको कमलाका दाजु भुवनले बताएका छन् ।
भूवनले आफू नेपाल आउन चाहेपनि पति मिलनले पासपोर्ट लुकाइदिएर गत चैत्रमा कुवेत गएका कारण आउन नसकेको कमलाले बताएको जनाएका छन् ।
टेलिफोन मार्फत कमलाले आफूलाई सासू ससुरा र देवरले मानसिक तनाब दिने गरेको समेत बताउने गरेकी थिइन् । भूवनले आफ्नी बहिनीको आत्महत्या नभएको भन्दै मिलनको परिवारको मिलेमतोमा हत्या गरिएको आरोप लगाएका छन् ।
उनले न्यायका लागि सबैसँग अपील गर्नें पनि जनाएका छन् । मिलनले सुरुमा कमला दुर्घटनामा परेर अस्पताल भर्ना गरेको बताएको र पछि आत्महत्या गरेको बताएकोले घटना रहस्यमय भएको बताएका छन् ।
भूवनको परिवारले दाहसंस्कार नगर्न र आफूहरु आउने बताउँदा बताउँदै दाहसंस्कार गरेको उनको भनाई छ । घटना घटेको १० दिन बितिसक्दा पनि कमलाका माइती पक्षले अन्य केही सूचना पाउन नसकेको बताएका छन् ।
बहिनीको मृत्युको कारण बुझ्न तथा न्यायका लागि उनका दाजु भुवन र दिदी रमिला कालीकोटे आठ दिनदेखि काठमाडौंमा भौंतारिए पनि केही बुझ्न सकेका छैनन् ।
उनीहरुले नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सहयोगमा परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित बंगलादेशी दुतावासमा निवेदन दिएका छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.