राजाका ज्वाईंलाई करोडौंको झड्का
आजको दृष्टि साप्ताहिकमा खबर छ–उद्दण्ड स्वाभावका कारण उनले हालै करोडौं क्षति बेहोर्नुपरेको छ ।
विविध व्यावसायका हात हालेका उनको क्यासिनो व्यावसायमा निक्कै लगाव छ याक एण्ड यतिमा रोयल क्यासिनो चलाउँदै आएको उनी त्यही कारण दुई पटक प्रहरी खोरमा समेत परिसकेका छन् । एक पटक क्यासिनोमा जुवा खेलाएको भन्दै रमेश खरेलले पक्राउ गरे भने अर्को पटक मदिरा आएर झगडा गरेको आरोपमा पक्राउ परेका थिए ।
गिल्ट इन्टरनेसनल नामक कम्पनीको नाममा उने रोयल क्यासिनो चलाउँदै आएका छन् । जुन एकसातादेखि बन्द छ, अनौठो कारणले । डेढ वर्ष अघि सरकारले क्यासिनोहरुलाई कडा नियम लागू गर्यो । क्यासिनो खोल्न ३५ करोड रुपैयाँ लाग्ने भयो । जुन मापदण्ड अनुसार क्यासिनो संचालन गर्न सबै जना असफल भए र राजधानीको सबैजसो क्यासिनो बन्द हुने अवस्थामा पुगे ।
तर, पनि केहीले चोर बाटो अपनाए । अर्थात अदालतमा सेटिङ मिलाएर क्यासिनो खोल्न आदेश ल्याए । सर्वोच्च अदालतको आदेश अनुसार नै रोयल क्यासिनो पनि क्यासिनो संचालन सम्बन्धी नयाँ नियमावली लत्याएर संचालन हुँदै आएको थियो । जसको मुख्य डिजाइन गरेका थिए, मनोज सुवेदीले। सुवेदी तिनै व्यक्ति हुन् जसले राजधानीका सबै क्यासिनोमा काम गरिसकेका छन् ।
उनैले सिंहलाई सहयोग गर्दै आएका थिए । अदालतको सेटिङ मिलाउन पनि उनैले सिंहलाई सहयोग गरे । तर, गत महिना राजबहादुर र सिंहको सम्बन्ध टुट्न पुग्यो । भारतीय टिमलाई कार्यकर्ता बनाएर सुवेदीलाई निकालिदिए ।
तर, अदालतमा रिट हालेर क्यासिनो खुलाएका सुवेदीले अदालतमा अर्को निवेदन दिएर आफ्नो रिट निवेदन फिर्ता गराए । प्रहरी र पर्यटन विभागलाई त्यसको जानकारी गराए र पर्यटन विभागका कर्मचारीले गतसाता क्यासिनोमा तलाबन्दी गरिदिए । विवादका कारण राजबहादुरलाई करोडौं घाटा हुन पुग्यो । साथै, ५ सय भन्दा धेरे कर्मचारीको रोजगारी पनि गुम्ने अवस्था आयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses