नेपालमा दुईवटा पत्नी हुँदाहुँदै झुक्याएर गोर्खा सैनिकले विवाह गरेको बेलायती महिलाको आरोप
लण्डन, जेठ ३२ – बेलायती दुलही अमान्डा तालेब ‘संसारकै सबैभन्दा बहादुर’ कहलिएका गोर्खा सैनिक प्रेमीलाई पतिको रुपमा पाउँदा निकै गर्वान्वित बनेकी थिइन् । बाबुराम राईले गोर्खा बिग्रेडमा रहेर विगत १५ वर्ष काम गरिसकेका थिए । गत हप्ता मात्र गोर्खा रेजिमेन्टको राजकुमार ह्यारीले समेत उच्च तारिफ गरेका थिए ।
तर, अस्पतालमा काम गरिरहेकी अमाण्डा भने बोस्नीया र सियेरा लियोनमा खटिसकेका आफ्ना ती ‘बहादुर’ पतिले विगतको ठूलो सत्य भने लुकाइरहेको बारेमा अनभिज्ञ थिइन् । आफ्नो १० वर्षे विवाहका दौरान उनलाई कहिले पनि थाहा भएन कि राईको नेपालमा दुई वटा पत्नी पनि रहेका छन् र उनीहरुको हालसम्म सम्बन्ध बिच्छेद पनि भएको छैन ।

अमान्डाले यो सत्यता तबमात्र थाहा पाइन् जब उनले राईको ईमेलामा ‘आफ्नो बेलायती पत्नीबाट अल्छी लागेको’ र ‘राम्री नेपाली केटी चाहिएको’ सन्देश पढ्नि ।
‘जब मैले त्यो सन्देश पढे, मलाई छाँगाबाट खसेको जस्तो भयो,’ ५१ वर्षीया अमान्डाले भनिन् ।
‘मलाई अब के गर्ने केही थाहा थिएन । त्यसपछि मैले उसको फेसबुक हेरें जाहाँ उनले एक व्यक्तिलाई उनको बहिनीलाई सम्बन्ध बिच्छेद गर्न सम्झाउन आग्रह गरिरहेका थिए,’ उनले थपिन्, ‘उसले पहिले त अर्को विवाह नगरेको भन्दै ढाँट्न खोज्यो तर जब मैले सेनालाई सोधे उसको त पहिलेनै दुईवाट पत्नी रहेछ ।’
उनलाई सर्भिस पर्सनल एण्ड भेटरान्स एजेन्सीले राईको बारेमा दस्तावेजहरु पठायो जसमा ४६ वर्षीय राई यसअघि दुईपटक विवाहित रहिसकेको देखाइएको थियो भने उनीहरुसँग सम्बन्ध विच्छेद गरेको कुनै प्रमाण थिएन ।
राईले ४२ वर्षीय हिरामायालाई सन् १९९० को जनवारीमा धरानमा विवाह गरेका थिए । ‘उनी तीन वर्षपछि भागेको र फेला नपरेको’ दस्तावेजमा उल्लेख छ । त्यसको केही महिनापछि नै उनले ३९ वर्षीय जमुना कुमारीसँग विवाह गरेका थिए ।
‘उनी यस्तो झुट बोल्न सक्छन् भन्ने मलाई लागेको थिएन,’ अमान्डाले भनिन् ।
गत वर्षदेखि दुवै जना छुट्टिएर बस्न गरेका छन् र न्युपोर्ट साउथ वेल्सकी बासिन्दा अमान्डाले आफ्नो पतिको दुईवाट श्रीमति भएको भन्दै विवाह खारेज गर्न निवेदन दिएकी छिन् ।
उनले राईलाई सन् १९९५ मा आफ्नो साथीको माध्यमबाट भेटेकी थिइन् । उनीहरुले सन् २००४ मा विवाह गरेका थिए । त्यतिबेला राईले आफू अविवाहित रहेका बताएका थिए ।
राईले विवाहपछि भने आफ्नो एउटा छोरा रहेको बताउँदै उनीहरुसँगै बस्न ल्याएका थिए । तर उनले कहिले पनि आफू विवाहित नरहेको र छोराबारे विभिन्न बाहना बनाएको अमान्डाको दाबी छ । त्यतिबेला ती छोरा ७ वर्षका थिए ।
अहिले राईले ती छोरालाई सँगै लिएर अलग बस्छन् । उनले दोस्रो पत्नीसँग सम्बन्ध विच्छेद नगरेको पनि स्वीकार गरिसकेका छन् ।
सन् २००४ मा गोर्खा सैनिक छाडेका राई अहिले न्युपोर्टमा लरी ड्राइभर रहेका छन् ।
डिभोर्स नलिएको बारेमा राईले नेपालमा कानुन फरक रहेको र पत्नी भागेपछि सम्बन्ध विच्छेद नलिएको प्रतिक्रिया दिएका छन् ।
मिरर अनलाइन बाट

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

1 comments

Aba hajaar jhut na bole kasari bachne....

Write Down Your Responses

Powered by Blogger.