साउनको दोस्रो हप्ताभित्र जनताले संविधान पाउँछन् : वर्षमान
मोरङको उर्लाबारीमा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले साउनको दोस्रो हप्तासम्म संविधान जारी भएर साउन महिनाभित्रै राष्ट्रिय सहमतिको सरकार गठन हुने बताए ।
शान्ति प्रक्रियाको कडीको रुपमा संविधान निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै नेता पुनले १६ बुँदे सहमतिअनुसार चार मुख्य दल अहिले संविधान निर्माण प्रक्रियामा सक्रिय रहेको जानकारी दिए ।
प्रधानमन्त्रीको अध्यक्षतामा भएको उच्चस्तरीय पुनःनिर्माण प्राधिकरणको गठन अपरिपक्व रहेको उनको भनाइ थियो ।
नेता पुनले समबारै उर्लाबारी चोकमा निर्माण भइरहेको राउन्ड अबाउटको अवलोकन गरेका थिए । उनले उर्लाबारीको मावा खोलामा निर्माण भइरहेको तटबन्धको समेत निरीक्षण गरेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses